☰ open Loading... 18 October 2024|  

कर्णालीको बीच टापुमा फसेका युवकको उद्धार
पश्चिम नेपाल   | २५ भाद्र २०८०, सोमबार १४:२४

आईतबार साँझ ४ बजे हुम्ला र मुगु जिल्लाको बिचमा पर्ने कर्णाली नदीको टापुमा फसेका युवकको उद्धार भएको छ । ती युवा मुगु जिल्ला सोरु गाउँ पालिका -४ लिबरु बस्ने वर्ष १५ का ईबु छत्याल रहेका छन् ।
माछा मार्न गई पौडी खेल्दा कर्णाली नदीले बगाई हुम्ला जिल्ला अदानचुली गाउँ पालिका – १ मकै र मुगु जिल्लाको बिच नदीको टापुमा फसी राखेको अवस्थामा तत्काल अस्थायी प्रहरी चौकी तुम्च हुम्लाबाट प्रहरी सहायक निरीक्षक खडक बहादुर थापाको कमाण्डमा मुगु तर्फ र हुम्ला तर्फको छेउछेउबाट प्रहरी खटि गई आईतबार राति नै राती उद्धार गरिएको छ ।