☰ open Loading... 7 September 2024|  

नेकपा एकीकृत समाजवादी सुर्खेत कमिटी पुनर्गठन
पश्चिम नेपाल   | २५ भाद्र २०८०, सोमबार २०:०९

सोमबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले जिल्ला कमिटी पुनर्गठित भएको जानकारी दिएको छ ।
पुनर्गठित जिल्ला कमिटीको अध्यक्षमा टोपबहादुर रास्कोटी चयन भएको छन् । रास्कोटी यसअघि उपाध्यक्ष थिए ।
यस्तै जिल्ला कमिटीको उपाध्यक्षमा शिवप्रसाद उपाध्याय, खड्गबहादुर केसी, सचिवमा विरबहादुर रावत (भोटे), उपसचिवमा छविलाल सापकोटा र गोविन्दबहादुर शाहीलाई जिम्मेवारी तोकेको छ । एकसय ३ सदस्यीय जिल्ला कमिटीमा एकजना पदाधिकारी (उपसचिव/दलित महिला) पछि थप गर्ने निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल एमाले प्रवेश गरेपछि कमिटी पुनर्गठित गरिएको हो ।