☰ open Loading... 19 September 2024|  

राप्रपाले भदौ २७ गते गौ हत्याको विरोधमा आन्दोलन गर्ने
पश्चिम नेपाल   | २५ भाद्र २०८०, सोमबार २२:२८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ ।
राप्रपाले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो । आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको आन्दोलन गर्ने दिन सकिएको बताए । उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गरे । उनले आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा आफूहरूले देखाउने बताए ।