☰ open Loading... 16 September 2024|  

नेम्वाङको निधनपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा
पश्चिम नेपाल   | २६ भाद्र २०८०, मंगलवार ०५:२१

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् ।

नेम्वाङको गएराति हृदयघात भएसँगै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सकले बिहान करिब २ बजे मृत घोषणा गरेका थिए।उनको निधन भएसँगै प्रचण्ड, ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलामबाट विजयी नेम्वाङ नेकपा एमाले संसदीय दलका उपनेता थिए ।२०६३ सालमा सम्पन्न जनआन्दोलनबाट पुनस्थापित प्रतिनिधि सभाको सभामुख बनेका नेम्वाङ त्यसपछि २०६४ र २०७० सालको संविधान सभाका अध्यक्ष थिए ।