दैलेख-जिल्ला खाद्य अधिकार सञ्जाल दैलेखले ज्ञापन पत्र बुझाएको छ ।नारायण नगरपालिकामा पुगेर जिल्ला खाद्य अधिकार सञ्जालले नारायणका नगरपालिका भित्र रहेका विद्यालयमा भएका समस्याको समधान गर्न माग सहित ज्ञापन पत्र बुझाएको हो ।
विद्यार्थीको लागी भनिएको दिवा खाजा कार्यक्रम सुरु गरिए पनि प्रभावकारी अनुगमन र समन्वय नहुँदा यसको कार्यान्वयन फितलो भएको जिल्ला खाद्य अधिकार सञ्जालका सदस्य भरतराज अधिकारीले बताए ।
कतिपय विद्यालयमा मापदण्डभन्दा बाहिर गएर दिवा खाजा वितरण गर्दा विद्यार्थीको स्वास्थ्यमाथि पनि खेलबाड भइरहेको उनले गुनासो गरे।
यस्तै नारायण नगरपालिकाका शिक्षा शाखाका प्राबिधिक सहायक सुर्यलाल पाण्डेले जिल्ला खाद्य अधिकार सञ्जालले उठाएका माग जाहेज रहेको बताए । मापदण्डभन्दा बाहिर गएर विद्यालयले खाजा वितरण गरेको गुनासो आएकाले अनुगमन गरेर समस्या समधान गर्न पहल गरेर काम गर्ने उनले बताए ।