☰ open Loading... 19 September 2024|  

पत्रकार यादवमाथि धारिलो हतियार प्रहार
पश्चिम नेपाल   | २८ भाद्र २०८०, बिहीबार २१:२०

सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका औरहीमा फेसबुक स्टाटसको विषयमा पत्रकार सन्तोष यादवमाथि धारिलो हतियार प्रहार भएको छ। पत्रकार यादवमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार घटनामा संलग्न रहेको आरोपमा स्थानीय प्रभु यादव, रमण यादव र किशोर यादवलाई नियन्त्रणमा लिई जिल्ला सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। घटनाको विषयमा दुवै पक्षलाई राखेर बुझ्नुका साथै अनुसन्धान थालिएको उनले बताए।