☰ open Loading... 16 September 2024|  

दैलेख टुडिखेलमा आज वृहत तिजगित हुँदै
पश्चिम नेपाल   | २९ भाद्र २०८०, शुक्रबार ०७:१५

दैलेखको टुडिखेलमा आज (शुक्रबार) जिल्ला स्तरीय खुला तीजगीत प्रतियोगिता हुने भएको छ ।

रेडियो मातृभूमि एफ.एम. ९६.५ मेगाहर्जको आयोजनामा भाद्र २९ गते जिल्ला स्तरीय खुला तीजगीत प्रतियोगिता–२०८० हुन लागेको छ । जसको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

जिल्ला सदरमुकामको खुला मञ्च टुडिखेलमा हुने प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ नगर र प्रमाणपत्र पाउने छन्, द्धितिय पुरस्कारको लागि १० हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा तृतीय पुरस्कारका लागि ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र पाउने गरी व्यवस्थापन मिलाएको एफ.एमका प्रबन्ध निर्देशक भीम सिजापतिले जानकारी दिए । यस कार्यले कला संस्कृतिको जगेर्ना समेत हुने भएकाले हाम्रो रेडियो कार्यकम आयोजना गर्न लागेको बताए ।

तिज गित प्रतियोगितामा कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा बिकास मन्त्री माननीय उर्मिला बिस्वकर्माले उद्घाटन गर्ने कार्यकम रहेको छ ।