☰ open Loading... 16 November 2024|  

रैथाने मकैं, कोदो र केराबाट पाउरोटी
गोविन्द केसी   | २९ भाद्र २०८०, शुक्रबार १९:४१

गोविन्द केसी
वीरेन्द्रनगर, भाद्र २९ – सुर्खेतमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ । यहाँ अर्गानिक स्वस्थकर बेकरी आईटम खुवाउनका लागि रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको एरीचोकमा ४ वर्षअघिदेखि सञ्चालन भईरहेको सेफ च्वाईस बेकरी उद्योगले स्वस्थकर खानेकुरा उत्पादनमा जोड् दिईरहेको छ । जसका कारण सुर्खेतमै एउटा छुटटै पहिचान बनाएको छ । अर्गानिक बेकरीका आईटमहरु खान ग्राहकहरुको भिड् नै लाग्ने गरेको छ । यहाँ मकैं, कोदो, केरा (बनाना) लगायतबाट ब्रेड (पाउरोटी) उत्पादन हुन्छ ।

त्यस्तै बर्गर बन, कोकोनट माइक्रोनी, कुकिज, मल्टीग्रेन ब्रेड लगायत सम्पूर्ण बेकरी उत्पादन उत्पादन हुन्छ बेकरी उद्योगसंगै सेफ च्वाईस रेष्टुडेन्ट एण्ड पिज्जा हट पनि सञ्चालनमा रहेको छ । रेस्टुडेन्टमा केक, पेस्टी, पिज्जाका परिकारहरु सस्तोमा हाईजेनिक पाईने भएकाले ग्राहकहरुको भिड् लाग्ने गर्दछ । बेकरी उद्योगमा हाईजेनिकलाई पहिलो प्राथमिकता दिएका कारण ग्राहकहरुको रोजाई पर्ने गरेको सञ्चालक राजकुमारी गाहाले बताईन् ।

स्वच्छ तथा स्वस्थकारी वेकरी बनाउन यहाँ अत्याधुतिक स्तरको मेशिनबाट मान्छेले हात नलगाएर पिठो मिच्नेदेखी बेड काट्नेसम्मको कामहरु हुने गरेको छ । वेकरीमा प्रयोग हुने कच्चा पदार्थ उच्च क्वालेटीको स्तरिय कम्पनीबाट उत्पादन भएका सामानहरु प्रयोग गरिने गरेको सञ्चालन गाहाले बताईन् । यहाँ उत्पादन भएको खाद्य सामाग्री पनि हाईजेनिक ठाउँमा विक्रि वितरण हुने गर्दछ । वीरेन्द्रनगरका स्थानीय मार्टहरुमा यहाँ उत्पादन भएको वेकरीहरु विक्रि हुने गरेको छ ।

सामान्यतया बेकरीबाट उत्पादन भएका सामानहरुको ५ दिनसम्म म्याद राखिन्छ तर, सेफ स्वाईस बेकरी उद्योगले ३ दिनको म्याद राखेर आफ्ना वेकरी सामानहरु विक्रि वितरण गर्दै आईरहेको छ । अर्गानिक उत्पादनबाट वेकरीका आईटमहरु बनाउँदा सुर्खेतमा राम्रो बजार पाएको सञ्चालकको भनाई छ । यहाँ उत्पादन भएको सवै वेकरीहरु होम डेलीभरी हुँदै आएको छ । जसले गर्दा घरमै बसेर ग्राहकहरुले स्वाद दिईरहेका छन् । अनलाईनबाट अर्डर गर्न मिल्ने र पैसा तिर्न मिल्ने ब्यवस्था भएकाले सुर्खेतमा ग्राहकहरुलाई अँझ सहज भएको छ । सेफ ज्वाईसको बेकरी खानेकुरा निकै हाईजेनिक हुने भएकाले प्राय खान आउने गरेको स्थानीय कमलराज शर्माले बताए ।
-नागरिकन्युजबाट