☰ open Loading... 15 November 2024|  

दुल्लूबासीले अब रैकर सरह कर बुझाउन पाउने
पश्चिम नेपाल   | ३० भाद्र २०८०, शनिबार १३:४४

दैलेखको दुल्लू नगरपालिकाका गुठीयारहरुले अब रैकर जग्गा सो सरहको कर बुझाउने भएका छन् । गुठी संस्थानको भदौ १३ गतेको निर्णयले रैकर जग्गा सो सरहको कर असुल गर्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम सोमबार पत्राचार भएको दुल्लू नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार दुल्लू नगरपालिकामा करिब ८० प्रतिशत गुठी रैतानी नम्बरी जग्गा भोगचलन हुँदै आएको छ । त्यसअनुसार २०४८ सालदेखि गुठियारहरुले वार्षिक प्रति रोपनी २८० रुपैँया कर तिनुपर्ने थियो । हाल दुल्लूमा रैकर जग्गाको प्रतिरोपनी पाँच रुपैँया कर लाग्ने गरेको छ ।

गुठी जग्गा वापतको वार्षिक प्रति रोपनी २८० रुपैँया तिर्नुपर्ने बाध्यतालाई कम गर्दै अब रैकर जग्गा सो सरह वार्षिक प्रति रोपनी पाँच रुपैँया मात्रै लिईने नगरप्रमुख रिजालले बताए ।

गुठी कर महङ्गो भएपछि गुठियाहरुरले कर बुझाउन सकेका थिएनन् ।

कर बुझाउन नसकेका कारण दुल्लुबासीले जग्गालाई वित्तीय प्रयोजनका लागि उपयोग गर्न पाएका थिएनन् ।