☰ open Loading... 18 October 2024|  

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज अट्वारी पर्व
पश्चिम नेपाल   | ३१ भाद्र २०८०, आईतवार ०८:४०

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लामा आज अट्वारी पर्व मनाइँदै छ । यो पर्वको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिइएको छ । आदिवासी थारु समुदायले मनाउन अट्वारी पर्वको अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो ।

अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन् । थारु बस्तीमा यो पर्वको उल्लास बढेको छ ।

अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ ।