☰ open Loading... 18 October 2024|  

बिरामीको बिचल्ली
पश्चिम नेपाल   | ३१ भाद्र २०८०, आईतवार ०८:५३

हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको गरे सगै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा आएका बिरामीको बिचल्ली भएको छ ।
आईतवार बिहानै आएका बिरामीहरू उपचार नगरेर फर्किएका छन् । आन्दोलनका कारण सेवा (उपचार) नभएपछि फर्कनु परेको बिरामीहरूले बताए ।
देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ ।