☰ open Loading... 18 October 2024|  

पशुपति क्षेत्रमा मासु र मदिरा निषेध
पश्चिम नेपाल   | ३१ भाद्र २०८०, आईतवार ११:४९

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो ।

आज (आईतबार) बाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।