☰ open Loading... 18 October 2024|  

चौकुनेमा एमाले कार्यकर्ताबिच झडप
पश्चिम नेपाल   | ३१ भाद्र २०८०, आईतवार १२:५०

शनिवारदेखि सुरु भएको प्रतिनिधि छनौटमा विवाद उत्पन्न भई सुर्खेतको चौकुनेमा कार्यकर्ताबिच झडप भएको छ । आगामी असोज १० र ११ गते हुने नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनको लागि ९ सय ३७ जना सङ्गठित सदस्य रहेको पालिकामा २ जना महिला र ६ जना पुरुष छनौट हुनेमा सर्वसम्मत हुन नसक्दा कार्यकर्ताबिच झडप भएको हो ।

झडपकाबिच बैठक पुस्तिकासमेत च्यातिएको चौकुने गाउँपालिकाका सचिवालय सदस्य रतन बहादुर चलाउनेले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमा समेत एक स्टाटस लेख्दै आफूलाई इन्चार्ज गोपाल बिसी लगायतले हातपात र दुर्व्यवहार गरेकोप्रति जिल्ला, प्रदेश र केन्द्रलाई ध्यानाकर्षण गराएका छन् । शनिवारदेखि सुरु भएको प्रतिनिधि छनौटमा सुर्खेतका कुनै पनि पालिकामा अहिलेसम्म प्रतिनिधि छनौट हुन नसकेको नेकपा एमाले स्रोतले बताएको छ ।

-खबरदृष्टिबाट