☰ open Loading... 18 October 2024|  

सवार एक जनाको मृत्यु, ‍६ जना घाइते
पश्चिम नेपाल   | ३१ भाद्र २०८०, आईतवार १४:४४

दाङको तुलसीपुरमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान सवा ९ बजे नेपालगंजबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर – १६ डोक्रेनाबाट तुलसीपुर आउँदै गरेको रा १ ह ४४५९ नं. को अटोरिक्सालाई तुलसीपुर-६ स्थित स्टार चोकमा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर-१६ डोक्रेनाकाका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार दुर्घटनामा ६ जना घाइते छन्।

अटो चालक तुलसीपुर – ६ गोलौराका ५७ बर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर छ। उनको टाउँको र अनुहारमा गहिरो चोट पटक लागेको छ ।