☰ open Loading... 20 September 2024|  

पुष्पलाल (मध्यपहाडी) राजमार्गको पुलहरु हिलाम्मे
पश्चिम नेपाल   | ३१ भाद्र २०८०, आईतवार १७:४७

वर्षादसगै दैलेखमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पर्ने पुलहरुमा हिलो जमेको छ । जसका कारण नयाँ पुलहरु जिर्ण देखिए छन् । पानी परेपछि भल सीधा पुलमै जाने भएकाले पुल हिलाम्मे भएको हो ।

बनेका पुल अधिकांश सडकदेखी निकै होचो स्थानमा रहेको छ । वर्षाद रोकिएपछि हिलो भएको पुलहरु धुलाम्मे हुन्छन् । समयमै योजना कार्यालयले हिलो सोर्ने कार्य गर्नु पर्ने स्थानीयहरुले बताए । स्थानीयहरु हिलोका कारण पुलमा समेत आउजाउ गर्न नसक्ने भएका छन् । पुलको म्याद समेत हिलोले कम हुने इन्जिनियरहरुको भनाई छ ।
दैलेखमा रहेका सबै पुलमा हिलो जमेको छ । नयाँ पुल हिलोले कच्ची सडक जस्तो देखिएको छ । कालोपत्रे सडक हुँदा पुलमा भने कच्ची सडक जस्तो देखिने गरेको छ ।