☰ open Loading... 20 September 2024|  

शिक्षा मन्त्रालयले बाँड्ने विभूषण रोकियो
पश्चिम नेपाल   | ३१ भाद्र २०८०, आईतवार १९:४१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष विभूषण तथा पदक नबाँढ्ने भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको विभूषण यो वर्ष रोकिएको हो ।

विभूषणको घोषणा भने गरिनेछ । तर, प्रदान नगरिने मन्त्रालयले जनाएको छ । शिक्षा सचिव सुरेश अधिकारीले बजेटको अभावमा यो वर्ष विभूषण वितरणको कार्य स्थगित गरिएको बताए । समयमै बजेटको व्यवस्था हुन नसक्दा समस्या भएको उनको भनाई छ ।

अर्थ मन्त्रालयबाट ४ करोड रुपैयाँ प्राप्त भएको छ । उक्त रकमबाटै विभूषण बनाउने, कार्यक्रम गर्ने लगायतका सबै खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, उक्त रकममा अझै १ करोड जति कम हुने सचिव अधिकारीले बताए ।

यो वर्ष ९६२ जनालाई विभिन्न विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ । जसमा नेपाल विद्याभूषण ‘क’ श्रेणीको ७९० जनालाई, नेपाल विद्याभूषण ‘ख’ श्रेणीको ७१ जनालाई र ‘ग’ श्रेणीको ४४ जनालाई प्रदान गरिने सचिव अधिकारीले बताए ।