☰ open Loading... 6 November 2025|  

कर्णालीमा चट्याङसहित वर्षाको सम्भावना
पश्चिम नेपाल   | १ आश्विन २०८०, सोमबार ०६:४१

अहिले (सोमबार) बिहान कर्णालीसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।