☰ open Loading... 7 November 2025|  

देशैभर तीजको रौनक
पश्चिम नेपाल   | १ आश्विन २०८०, सोमबार १६:५५

हिन्दू महिलाहरुको महान पर्व तिजका अवसरमा आज देशैभरका प्रमुख शिवालयमा बिहानैदेखि महिलाहरुको भीड लागेको छ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।