☰ open Loading... 19 September 2024|  

शेखर कोइरालाले आफ्नो समुहको बैठक बोलाए
पश्चिम नेपाल   | १ आश्विन २०८०, सोमबार १७:२०

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन् ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक नेताले रातोपाटीलाई बताए । भोलिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलपनि आमन्त्रण गरिएको छ ।

१४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुने छन् ।

असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत कोइरालाले आफू पक्षको बैठक बोलाएका बुझिएको छ ।