☰ open Loading... 19 September 2024|  

खुल्ला मञ्चको गेट बन्द हुँदा तीज मनाउनेलाई सास्ती
पश्चिम नेपाल   | १ आश्विन २०८०, सोमबार १९:४४

सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले खुल्लामञ्चमा तीजको दिन गेटमा ताला लगाएपछि नाचगान गर्न आएका महिला दिदीबहिनीहरुलाई सकस भएको छ । नगर पालिकाले खुल्ला मञ्चलाई घेरबार गरेपछि सार्वजनिक कार्यक्रम हुन् नसकेको हो ।
जसले गर्दा नगरवासीहरुलाइ मर्म र भावनाविपरीत कम्पाउड वाल निर्माण गरेपछि मेला महोत्सव लाग्ने धेरै मानिसहरु जम्मा हुने स्थानमा नगरले बन्देज गरेको हो । गेट बन्द हुँदा आज नाचगान गर्ने जान निकै गाह्रो भएको तीजमा नाच्न आएका दिदीबहिनीहरुले गुनासो गरे ।
नगरले खुल्ला मंचलाई पार्क बनाउने भनेर केही वर्ष अघि घेरबार गरेको थियो । यस अघि यहाँ सार्वजनिक कार्यक्रम हुने गर्दथे । अहिले बन्द भएको छ । दिनभर गेट खुल्ला नहुँदा पर्खाल र गेटको साइटबाट छिरेर तीजको नाचेका थिए ।

यहाँ नेपाली सेना तथा प्रदेश सरकारका ठूला कार्यक्रम मात्र हुने गरेका छन् ।