☰ open Loading... 15 September 2025|  

सर्पले टोकेर किशोरीको मृत्यु
पश्चिम नेपाल   | १ आश्विन २०८०, सोमबार १९:४९

सर्पले टोकेर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किशोरीको मृत्यु‌ भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–१ नुवावनकि १८ वर्षीय कल्पना शाही रहेकी छन्।

आइबार बेलुका घरमा सुतिरहेको बेला उनलाई सर्पले टोकेको थियो । उनका दाइ निराजनका अनुसार बेलुका ६ बजेतिर सर्पले हातमा टोकेको थियो ।

घरमा आमा र उनी मात्र थिइन् । दाइ निराजन काठमाडौं छन् भने बुबा भारतमा छन्। झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको उनले बताए।

भावना कक्षा ९ मा पढ्थिन्। अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ।

-रातोपाटीबाट