☰ open Loading... 20 September 2024|  

एकै महिनामा एक खर्ब १६ अर्ब भित्रियो रेमिटेन्स
पश्चिम नेपाल   | १ आश्विन २०८०, सोमबार २१:४७

एक महिनामा एक खर्ब १६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन)मा यो रकम बराबर रेमिटेन्स भित्रिएको हो।

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा २५.८२ प्रतिशत धेरै रेमिटेन्स भित्रिएको हो। गत आर्थिक वर्षको पहिलो महिना ९२ अर्ब २० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।