☰ open Loading... 12 March 2025|  

चट्टयाङ्ग लागेर बालक मृत्यू, नौ जना घाइते
पश्चिम नेपाल   | १ आश्विन २०८०, सोमबार २२:०३

चट्टयाङ्गले एक जना बालकको मृत्यू भएको छ । महाबु गाउँपालिका–३ बाँसीका १६ वर्षीय किशोर दाहालको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिए।

गाउँकै थुम्को महावैथान तीजको मेलाबाट फर्किने क्रममा एक्लोसल्लो नजिक परेको चट्टयाङ्ग लागेर ती बालक लगायत एकै गाउँका १० जना घाइते भएकोमा उपचारका लागि दैलेख अस्पतालमा लागेका थिए । एक जनाको मृत्यु भएको थियो ।

प्राथमिक उपचारपछि गम्भीर घाइते ५२ वर्षीय लालबहादुर बिष्टलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र आठ जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताए। हप्तादिन भित्र एउटै ठाउँमा दुई जनाको मृत्यु भए पछि स्थानीय त्रसित छन् ।