☰ open Loading... 15 September 2025|  

एसिड प्रहार हुँदा दुईजना घाइते
पश्चिम नेपाल   | २ आश्विन २०८०, मंगलवार १६:३०

धादिङको गजुरी गाउँपालिका– २ मलेखुमा एसिड प्रहारबाट दुईजना घाइते भएका छ्न्।

मलेखुमा संचालित भद्रकाली सुनचाँदी पसल संचालक प्रविण विकले पसलमा भएको एसिड प्रहार गर्दा बेनिघाट रोराङ गाउँपालिका– ३ रातमाटाका १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

एसपी मिश्रका अनुसार बेनिघाट रोराङ गाउँपालिका– ३ कात्राकका ३२ वर्षीय प्रविण विकले सामान्य विवादपछि मलेखुमा संचालित आफ्नै सुनचाँदि पसलमा रहेको एसिड निकाली प्रहार गरेका हुन्। दिपेशको शरीरको विभिन्न भागमा तथा डम्बरबहादुरको अनुहारसहित शरिरमा एसिड प्रहार भएको हो।

घाइतेहरुको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको र एसिड प्रहार गर्ने प्रविण विकलाई प्रहरीले नियन्त्रणमा लिएको एसपी मिश्रले जानकारी दिए।