☰ open Loading... 21 September 2024|  

नेपाल बारको बार्षिक साधारणसभा कर्णालीमा हुने
पश्चिम नेपाल   | २ आश्विन २०८०, मंगलवार १७:२५


सुर्खेत । नेपाल बार एशोसिएसनको केन्द्रीय बार्षिक साधारणसभा कर्णालीमा हुने भएको छ । नेपाल बारले आर्थिक वर्ष २०७८/७९ र २०८९/०८० को साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्न लागेको हो ।

कर्णालीका पर्यटकीयस्थलको परिचान गर्न र यहाँको रितीरिवाजलाई नेपालभर चिनाउनका लागि बार्षिक साधारणसभा कर्णालीमा गर्न लागिएको छ ।

कर्णालीमा हुने साधारसभामा देशभरका जिल्लाबाट करिब ११ सय प्रतिनीधिहरु कर्णालीमा आउने नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले बताए । ‘बिषेश गरेर कर्णालीको पर्यटन क्षेत्रको विकास र कर्णालीको रितीरिवाजलाई देशभर चिनाउनका लागि कर्णालीमा साधारसभा हुन लागेको हो ।’ उनले भने,‘साधारणसभा असोज १२ र १३ गते हुनेछ ।’

कर्णालीमा हुने साधारणसभाले बिधान संसोधन लगाएतका काम गर्ने उपाध्यक्ष आचार्यले जानकारी दिए । ‘दुई वर्षमा हुन नसकेको साधारणसभा अहिले हुन लागेको छ ।’ उनले भने,‘त्यो पनि कर्णालीमा हुन लागेकाले यो गौरवको विषय हो ।’

कर्णालीमा हुने साधारसभामा पर्यटनको क्षेत्रमा टेवा पुग्ने र रारा लगाएतका कर्णालीका पर्यटकीय क्षेत्रको भ्रमणका लागि यातायात व्यवसायीहरुसँग टुर प्याकेजको व्यवस्था गरिएको वरिष्ठ अधिवक्ता ध्रुबकुमार प्रधानले जानकारी दिए । ‘कर्णालीका पर्यटकीय क्षेत्र भ्रमण गर्न चाहनेका लागि हामीले यातायात व्यवसायीसँगको सहकार्यमा टुर प्याँकेजको व्यवस्था गरेका छौं ।’ उनले भने,‘कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि यसले टेवा पुग्नेछ ।’