☰ open Loading... 21 September 2024|  

नुहाउने क्रममा डुबेर एक युवक बेपत्ता
पश्चिम नेपाल   | २ आश्विन २०८०, मंगलवार २०:३१

नारायणी नदिमा डुबेर एक युवक बेपत्ता भएका छन्।

भरतपुर महानगरपालिका वडा नम्बर-१ देवघाट स्थित नारायणी नदीमा नुहाउने क्रममा भरतपुर-७ बुद्धचोकका विशाल मल्ल बेपत्ता भएका हुन्।

मल्ल साढे ४ बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। अहिले प्रहरी बिट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापनको टोलीले खोजिकार्य जारी राखेको प्रहरीले जनाएको छ।

यसअघि हिजो गैंडाकोटका दुई दाजुभाई नारायणी नदी किनारमा डुबेर मृत्यु भएको थियो।