☰ open Loading... 7 September 2024|  

संविधान दिवसको प्रदेश प्रमुख परियारको शुभकामनाः राष्ट्र निर्माणमा सबैको जागर चलोस्
पश्चिम नेपाल   | ३ आश्विन २०८०, बुधबार ०७:०६

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले संविधान दिवसको (राष्ट्रिय दिवस)–२०८० को अवसरमा शुभकामना व्यक्त गरेका छन् । परियारले शुभकामना सन्देशमा राष्ट्र निर्माणमा सबैले ध्यान आवश्यक रहेको बताएका हुन् ।

सुख, शान्ति प्रगति र समृद्धिका साथै राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवं आपसी सद्भाव कायम हुन आवश्यक रहेको प्रदेश प्रमुख परियारले शुभकामना व्यक्त गरेका छन् । ‘झण्डै सातदशक नेपाली जनताको एकता–संघर्ष–त्याग बलिदानबाट संघियता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता र गणतन्त्र प्राप्त चार उपलब्धीको रक्षा, व्यवहारमा प्रयोग गर्दै सुशासन, सामाजीक न्याय र समुद्धिका लागी अघि बढन अपरिहार्य भएको छ ।’ उनले भने, ‘देशमा विद्यमान जाति, आदिवासी, जनजाति, महिला, दलित, मधेशी, उपेक्षित क्षेत्रका जनसमुदायलगायत जातिय, भाषिक, सांस्कृतिक विविधतामा एकता कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी उन्नत र विकसित राष्ट्र निर्माण गर्न सबैमा जोश जागर र सद्भावना पलाओस ।’

तिन तहका सरकारहरु संचालनमा आएदेखी जनताको घरदैलोमा सरकार सहजै पुग्न सफल भएको प्रदेश प्रमुख परियारले बताए । ‘संरचनाहरु संस्थागत र सुदृढ हुदै गएका छन ।’ उनले भने,‘संविधानले परिकल्पना गरेको सामाजीक न्यायमा आधारित समतामुलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढीरहेको छ । सरकारले संचालन गरेको भ्रष्ट्राचार उन्मुलन अभियानले सफलता हासिल गरोस ।’