☰ open Loading... 18 September 2024|  

कर्णालीका मुख्यमन्त्री शर्माले गरे, दुई विज्ञको नियुक्त
पश्चिम नेपाल   | ३ आश्विन २०८०, बुधबार ०९:०२

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको जनसम्पर्क सल्लाहकार र प्रेस विज्ञ नियुक्त गरेका छन् । जनसम्पर्क सल्लाहकारमा सुर्खेतका हरिमाया शर्मा (आशा) र प्रेस विज्ञमा सल्यानका सल्यानका प्रतीक इच्छुक शर्मालाई नियुक्त गरेका हुन् ।

मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई जनसम्पर्क सल्लाहकार (विज्ञ) र प्रेस विज्ञको नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।

जनसम्पर्क सल्लाहकार नियुक्त भएकी शर्मा माओवादी केन्द्रीय सदस्य हुन् भने प्रेस विज्ञ नियुक्त भएका शर्मा लामो समयदेखि सल्यानमा पत्रकारिता गर्दै आएका छन् ।