☰ open Loading... 19 September 2024|  

निर्वाचन प्रर्णाली त्रृटीपूर्ण भयोः मुख्यमन्त्री शर्मा
पश्चिम नेपाल   | ३ आश्विन २०८०, बुधबार १०:५३

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले निर्वाचन प्रर्णालीमा केही त्रृटीपूर्ण रहेको बताएका छन् । बुधबार आयोजित सविधान दिवस मूल समारोहमा बोल्दै मुख्यमन्त्री शर्मा निर्वाचन प्रणाली त्रृटीपूर्ण भएकाले खर्चिलो हुँदै गएको बताएका हुन् ।

निर्वाचन प्रर्णालीलाई परिवर्तन गर्न आवश्यक भएको मुख्यमन्त्री शर्माले बताए । ‘निर्वाचन प्रणाली महंगो हुनु, सवैधानिक अंगहरुमा असन्तुलन, प्रतिनिधिसभा विघटनलगायतका कारण हुन ।’ उनले भने, ‘निर्वाचन प्रणाली त्रुटीपूर्ण छ । महंगो हुँदै गएको छ ।’

मुख्यमन्त्री शर्माले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको महसुस भएको बताए । ‘प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको अनुभूति भएको छ ।’ उनले भने, ‘संविधान कार्यान्वयन हुँदै जाँदा केही अपुगताको अनुभूती भएको छ ।’

संविधान धर्मग्रन्थ नभएको मुख्यमन्त्री शर्माले बताए । ‘प्राप्त सविधान, धर्मनिरपेक्षता, समावेशिता र दर्जनौं मौलिक हक अधिकारलाई थप सुदृढीकरणको लागि एकताबद्ध हुन आवश्यक रहेको छ ।’ उनले भने,‘नयाँ खालको संघर्षको जरुरी रहेको रहेको छ । राष्ट्रिय एकता, स्वाभिमान र आत्मनिर्भरताका साथ एकीकृत संकल्प गर्न आवश्यक छ ।’