☰ open Loading... 20 September 2024|  

२५ किलो गाँजा बरामद
पश्चिम नेपाल   | ४ आश्विन २०८०, बिहीबार ०६:५८

सशस्त्र प्रहरीले धनुषाबाट झण्डै २५ किलो लागू औषध गाँजा बरामद गरेको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मदन बहादुर धानुकको नेतृत्वमा खटिएको टोलीले २४ किलो ८ सय ग्राम लागू औषध गाँजा बरामद गरेको हो।

बुधबार विदेह नगरपालिका-१ महिनाथपुर झिझा हुँदै खेतको बाटो प्रयोग गरी केही महिलाहरुले घाँसको बोरामा उक्त परिमाणको गाँजा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्लले जानकारी दिए।