☰ open Loading... 20 September 2024|  

हुम्लामा खोलाले बगाउँदा एक बेपत्ता
पश्चिम नेपाल   | ४ आश्विन २०८०, बिहीबार १२:१६

सुर्खेत । हुम्लामा खोलाले बगाउँदा एक जना वेपत्ता भएका छन् । हुम्लाको अदानचुली गाउँपालिका–३ को काठेसेरा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

घर नजिकैको खोला तर्न खोज्दा अन्दाजी ४०–४५ वर्षीय रवि भ्याल बेपत्ता भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए ।

बुधबार रातिदेखिको अविरल वर्षाले केही घरखेत र बारीमा समेत क्षति पुर्‍याएको छ ।

निरन्तरको वर्षासँगैको बाढिले कालागाड आसपासका घर टहरा र बाटोघाटोहरु बगाउनुका साथै आवतजावतमा निकै समस्या भएको वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले बताए ।