प्रेस काउन्सिल नेपालले आफ्नो ५४औं वार्षिक उत्सवका अवसरमा प्रदान गर्न लागेको पत्रकारिता पुरस्कारकाे निर्णयका सम्बन्धमा काउन्सिलका बाेर्ड सदस्य रामप्रसाद दाहालले आपत्ति जनाएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै दाहालले विभिन्न विधागत पुरस्कारकारका लागी गरिएकाे निर्णय प्रकृयाप्रति सदस्यहरुले असहमति जनाउदा जनाउदै काउन्सिल नेतृत्वले तजविजीरुपमा प्रस्ताव नै नभएकाहरुकाे समेत नाम थपेर जात्रा देखाएकाे भन्दै आपत्ति जनाए ।`असोज २ गते बसेको बोर्ड बैठकले चर्को बिवादबीच प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कारदेखि प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारसम्म गरी करिव ६० को संख्यामा विभिन्न विधामा पुरस्कार प्रदान गर्ने भनी गरेको निर्णय प्रक्रियाप्रति मेरो गम्भीर असहमति रहेको अवगतगराउन चाहन्छु´, दाहालले भनेका छन् ।
२०७८ मा ३४ र २०७९ मा ४६ जनालाई पत्रकारिता पुरस्कार प्रदान गरिएकोमा यो वर्ष २०८० का लागि ६० जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार दिने भनी गरिएको निर्णय अपारदर्शीमात्र होइन, मापदण्ड तथा बिधि–प्रक्रिया बिना हचुवामा भएकाे उनको दाबी छ ।
`बोर्डमा प्रस्तावित कतिपय जुझारु युवा पत्रकारको नाम अध्यक्षबाटै कपटपूर्ण र पूर्वाग्रही ढंगले हटाई मनोमानी ढंगले नाम घोषणा गर्दा म स्तब्ध भएको छु´, उनले भने-`बोर्ड बैठकमा प्रस्तावै नगरिएका नामहरु थपेर अझ जात्रा देखाइएको छ । पुरस्कार छनौट समितिले बोर्ड समक्ष सिफारिसका लागि लगेका २७ जनाको नाम पठाईएपनि अध्यक्षले सो सिफारिस लत्याउदै एउटा बोर्ड बैठकमा ४५ जना, अर्को बैठकमा ५४ जना बनाएका थिए । अन्तिम बैठकमा संख्या घटाउन र लेखनमा सक्रिय पत्रकारलाई पुरस्कार दिन सुझाव दिँदा कुनै सुनुवाई नगरी अध्यक्षले उल्टै सदस्यलाई हप्कीदप्की गर्दै जवरजस्ता नाम फाईनल भएकाे भन्दै बैठक सकेकाे स्वघाेषणा गरे ।´
काउन्सिलले वितरण गर्ने पुरस्कारका सम्बन्धमा ब्यापक टिकाटिप्पणी हुने गरेको सन्दर्भमा कम विवादित बनाउनेतर्फ नेतृत्वले पटक्कै ध्यान नदिँदा काउन्सिलको गरिमा र पुरस्कारको वजन बढाउन नसकिएकाे दाहालकाे भनाई छ । अर्थ मन्त्रालयले काउन्सिलको पुरस्कारमाथि पटक पटक प्रश्न गर्दा समेत वार्षिकोत्सब खर्चबाट काउन्सिलले पुरस्कार वितरण गर्दै आएको छ ।
निर्णय पुस्तिकामा आफुले असहमति लेख्ने अधिकार समेत नपाएकाे र निर्णय पुस्तीका नै लुकाईएकाे उहाँकाे जिकीर छ । आफ्नाे असहमतिकाबीच नेतृत्वकाे एकल हठबाट गरिएकाे अपारदर्शी निर्णय प्रति असहमति जनाउदै असोज ६ गते हुने बार्षिकोत्सव समारोहमा समेत उपस्थिति नहुने दाहाले बताए ।