गएराती १२ बजेपछि मुगु सदरमुकाम गमगढी बजारमा आगजनी भएको छ । गमगढीस्थित विजय होटल र पुतली मल्लको घरबाट आगलागी शुरु हुँदा ६ घरहरु नष्ट भएका हुन् ।
विहानसम्म करिव ५ घण्टा लगातार लागेको आगो थियो । आगो नेपाल प्रहरी, रेडक्रस नेपाल र समुदायको सक्रियतामा नियन्त्रणमा ल्याईएको हो । उनीहरुको घरमा कम्प्यूटर तथा ईलेक्ट्रोनिक पसल रहेको हुँदा बिद्युत लाईन सट भई आगलागि भएको अनुमान गरिएको छ ।
आगलागिबाट प्रदिप रावल, पुतली मल्ल, र सान्तोना खत्रीको गरि ३ वटा घर जलेर पुरै नष्ट भएका छन भने मानवीय क्षती भएको छैन । आगलागी नियन्त्रण गर्नका लागि सँगै जोडिएको जंग शाहीकोे घर भत्काएर पुरै भत्काईएको छ । घरहरुमा रहेको लक्ष्मी मल्लको बिजय होटल, नरेश मल्लको कम्प्यूटर पसल, वडा अध्यक्ष पदम मल्लको कपडा पसलहरु सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अगजनी भएको घरसँगै रहेको मोबाईल पसल, टेलर पसल र हेएर कटिङ्ग लगायत अन्य खुद्रा पसलहरुका प्राय सामानहरु नष्ट भएको छ । गएराती आगजनीका कारण गमगढीमा ६ वटा घरहरु जलेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख (डिएसपी) विरेन्द्र थापाले बताए । क्षतीको एकिन विवरण नआईसकेको प्रहरीको भनाई छ ।
यस बजारमा बिगत देखि प्रत्येक २÷२ वर्षको अन्तरालमा यस्तै ठुलठुला आगलागीका घट्नाहरु घटिरहेका छन् । यस बजारमा अधिकाँस काठै काठले बनेका घरहरु भएकाले सामान्य कारणले पनि बर्षैपिच्छे आगलागीका घट्ना भईरहेका छन । बजारमा दमकल समेत छिर्न सक्दैन् । यहाँको नगरपालिकामा दमकल समेत छैन् ।
पश्चिम नेपाल | ६ आश्विन २०८०, शनिबार १२:१०