☰ open Loading... 7 May 2025|  

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
पश्चिम नेपाल   | ६ आश्विन २०८०, शनिबार २०:२३

मधुवन नगरपालिका–३ खातामा आज ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।