☰ open Loading... 26 November 2024|  

सडक टाल्दै भत्कदै
पश्चिम नेपाल   | ७ आश्विन २०८०, आईतवार १६:५३

सडक डिभिजन कार्यालय सुर्खेतले वर्षेनी भत्किएका राजमार्ग तथा अन्य सडक टालो (टाल्ने) हाल्ने गरेको छ । नयाँ टालो हाल्ने कार्य भइरहे पनि फेरि त्यहि अर्को वर्ष भत्कने गरेको हो ।

यसरी वर्षेनी नयाँ चिल्लो कालोपत्र सडक बनाउने भन्दा पनि टाल्ने बढी हुने गरेको छ । यहाँ प्राय सडक टालो हालेको देखिन्छ । बजेट अभावले पनि यस्तो योजना बढी हुने गरेको जनाइएको छ ।

कर्णाली राजमार्ग नाम मात्र कालोपत्रे सडक छ । पुरै खाल्डाखुल्डी र धुलाम्मे हुँदा यात्रुहरु सकस यात्रा गर्न बाध्य छन् । त्यहाँ नयाँ कुनै योजना छैन । चार लेनको वीरेन्द्रनगर भित्रको सडक पनि वर्षेनी खाल्डाखुल्डी हुँदा सडक डिभिजन लाई टाल्नै ठिक्क छ । चिल्लो सडक नभए कपडामा टालो हालेझै कर्णालीमा बनेका कालोपत्रे सडक पनि उस्तै भएको स्थानीयहरु बताउँछन् ।

यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि पनि विकासमा कुनै चासो नदेखाउँदा बजेट कम आउने गरेको छ ।