☰ open Loading... 27 February 2025|  

शिक्षा क्षेत्रमा राजनीति गर्नुहुँदैन- प्रा.डा नन्द बहादुर सिहं
यामराज बिष्ट   | ९ आश्विन २०८०, मंगलवार १७:३०

 

दैलेख –मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्द बहादुर सिहंले शिक्षा क्षेत्रमा राजनीती गर्न नहुने बताएका छन्।नारायण बहुमुखी क्याम्पसको२७औं वार्षिक उत्सब समारोमा उपकुलपति सिहंले शिक्षा क्षेत्रमा सुधार गर्न शिक्षा क्षेत्रमा हुने सबै राजनीति रोक्नुपर्ने बताए ।
दिनप्रतिदिन ३३ हजार भन्दा बढी विद्यार्थी बाहिर गयपछि देशमा शिक्षा क्षेत्रमा कसरी सुधार हुने उनले गुनासो गरे । उपकुलपति सिहले भने शिक्षा क्षेत्रमा आमूल सुधारको युवाहरुको खाँचो रहेको रहेको समेत उनले बताए।

 

यस्तै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै जना लाग्नुपर्ने दैलेख निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइराला बताए।उनले भने देशमा हामीले बोल्ने भाषा  लोभ हुने क्रम रहेकाले शिक्षा क्षेत्रबाट भाषाको संरक्षणमा सबै जना लाग्नुपर्ने दैलेख निमित्त प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।दिनप्रतिदिन थुप्रै युवायुवतीहरु बिदेशीने संख्या धेरै छ ,भाषा संरक्षण गर्न सबै जनाको महत्वपुर्ण भुमिका रहने उनले बताए।

वर्तमान शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको  नारायण बहुमुखी क्याम्पसका प्रमुख नरबहादुर बहादुर शाहीले बताए ।शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले शैक्षिक नीति परिवर्तन गर्नुपर्ने उनले बताए।