☰ open Loading... 27 February 2025|  

स्थानीय तह कर्मचारी हकहित मञ्च नारायणको अध्यक्षमा उपाध्याय
पश्चिम नेपाल   | १० आश्विन २०८०, बुधबार ०६:१८

 

दैलेख- स्थानीय तह कर्मचारी हकहित संरक्षण मञ्च नारायण नगरपालिकाको अध्यक्षमा नारायण नगरपालिकामा शिक्षा अधिकृतका रुपमा कार्यरत पूर्ण प्रसाद उपाध्याय चयन भएका हुन् ।स्थानीय तहका कर्मचारीको हकहितलाई सम्बोधन गर्न नारायण नगरपालिका स्थानिय तह कर्मचारीको ११ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा भक्कड बहादुर थापा,धिरेन्द्र कुमार केसि ,सुर्यलाल पाण्डे,सुजन विक,रजनी कुमारी थापा,श्रृष्टी शर्मा,प्रतिक्षा कुमारी थापा,चाँदनी शाही,एलिशा आचार्य,तारा खड्का सदस्यमा चयन भएका छन् ।

यस्तै समितीको सल्लाहकारमा निरक बहादुर रावल,चिरञ्जिवी उपाध्याय,पुर्ण प्रसाद कोईराला,इन्द्र बहादुर थापा चयन गरिएको छ ।

मञ्च गठन गर्नुको उद्देश्य स्थानीय सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको पेशागत हकहितको संरक्षण र संबर्द्धन गर्ने, स्थानीय सेवा प्रशासनलाई सुदृढ, सक्षम, मर्यादित, जिम्मेवार र  स्थानीय तहहरूलाई रचनात्मक सहयोग गर्ने रहेको तर्दथ समिति अध्यक्ष उपाध्यायले बताए ।