दैलेखको नारायण नगरपालिका –११ का स्थानीय महिलाहरुको आफुले सिपमुलक कार्यक्रममा सहभागी हुनका लागि वडा कार्यालयले सिफारिस नदिएको आरोप लगाएका छन् । आर्यआर्जनका लागि सिपमुलक कार्यक्रममा वडाको सिफारिस आवश्यक पर्ने गर्दछ । जसका लागि स्थानीय महिलाहरुले आवेदन दिएका थिए तर, वडाले सिफारिस नगरेपछि निराश भएका हुन् ।
वडा कार्यालयले विभिन्न बाहाना गरेर सिफारिस दिन नमानेका कारण आफुहरु कार्यक्रममा सहभागी हुन नपाएको गुनासो महिलाहरुले गरेका छन् । सुचनामा उल्लेख गरिएको निवेदनमा सहभागी हुने महिलाहरुको नामवली छ । स्थानीय विपन्न समुदायका महिलाहरुले निवेदनको आधारमा सिफारिस गरिदिन आग्रह गर्दा सामाजिक परिचालक खगेन्द्र बिष्टले महिलाहरुलाई हप्काएर पठाएको आरोप लागेको छ ।
सिपमुलक तालिमका लागि आफुहरुको नाम सिफारिसका लागि निवेदन दिएपछि सामाजिक परिचालक विष्टले सिफारिस नबनाईदिएको पीडित मिना विश्वकर्माले बताईन् । ‘तालिममा नाम छ हामीलाई सिफारिस मात्र चाहिएको थियो तर, बनाईदिएनन् ।’ पीडित विश्वकर्माले भनिन् ः उल्टै आफुहरुलाई विष्टले धम्काएर पठाए ।’
उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालय दैलेखबाट संचालन गर्ने महिला सीप बिकास कार्यक्रम अन्तरगत ३ महिने सिलाइ कटाई कार्यक्रमको लागि भनी नारायण नगर पालिका –११ का ११ जना महिलाहरुले यो कार्यक्रममा सहभागी हुन संयुक्त रुपमा दिएको निवेदनमा सामाजिक परिचालन खगेन्द्र बिष्टले वडा अध्यक्ष दिर्घ बहादुर मल्लले दिनु भन्दा पनि अटेर गरेर नदिएको हुन् । नारायण नगर पालिका –११ का अध्यक्ष दिर्घ बहादुर मल्लले बाहिर भएकाले सामाजिक परिचालक विष्टलाई सिफारिस गराइदिन भनेपनि अटेर गरेका हुन् ।
नारायण नगरपालिका –११ का ११ जना अतिविपन्न समुदायका महिलाहरुको लागि सीप सिकेर आत्मनिर्भरताको लागि कार्यक्रम रहेको थियो । तर, वडाले सिफारिस नदिदाँ आफुहरु तालिमबाट बञ्चित भएको पीडित महिलाहरु बताउँछन् ।
वडामा कर्मचारीहरु हाम्रो मातहतमा छैनन् जसका कारण उनीहरु अटेरी भएको र काम गर्न धेरै गाह्रो भएको अध्यक्ष दिर्घ बहादुर मल्लले बताए । महिलाहरुलाई भनेर महिला सिपमुलक कार्यक्रमहरु छन् । समुहबाट कार्यक्रम माग पत्र आएको पाइएमा हामी सम्बन्धि ठाँउ त्यहाको बस्तुस्थिती खोज अनुसन्धान गरि कार्यक्रम कार्यान्वयन गर्ने गरेको उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालय दैलेखका प्रमुख कल्पना केसीले बताईन् ।