नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार विदेशीहरुको स्वार्थका लागि जे पनि गर्न तयार भएको आरोप लगाएका छन्।
बुधबार पार्टीको प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा विदेशीहरुको स्वार्थपूर्तीका लागि गठबन्धनको सरकार लम्पसार भएको आरोप ओलीले लगाएका हुन्।
उनले राष्ट्रिय हितको रक्षा एमालेले अगुवाई गर्दै आएको र गठबन्धन सरकार लम्पसारवाद तर्फ उन्मुख भएको बताए। ‘पुर्खाले लडेर बचाएको देश, सार्वभौम सत्ताको रक्षा गर्ने काम एमालेले गर्दै आएको छ’ अध्यक्ष ओलीले भने, देशमा शान्ति ब्यवस्था गर्ने हाम्रो अविभारा रहेको छ।’ सुन तस्करी, भ्रष्टाचार लगायका विषयलाई जोड्दै ओलीले भने, ‘काँक्रा चोर्ने उनीहरु विया हाम्रोतिर टाँसेर उम्किन गठबन्धन सरकार लागिपरेको छ।’
प्रधानमन्त्री स्वदेश फर्केपछि एमालेसंग भएको सहमतीका विषयमा सरकारसंग गम्भिर भएर लाग्ने त्यसको परिणाम सरकारले भोग्ने ओलीले खुलासा गरे।