☰ open Loading... 15 September 2025|  

अध्यक्ष मण्डल सहित बन्द शत्र सुरु
पश्चिम नेपाल   | ११ आश्विन २०८०, बिहीबार १९:१७

बुधबार देखि सुरु भएको नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्द शत्र सुरु भएसँगै ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको छ ।
एमाले सचिव लेखराज भट्टको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरिएको एमाले प्रदेश अध्यक्ष विनोद शाहले जानकारी दिए ।
अध्यक्ष मण्डलको सदस्यमा स्थायी कमिटि सदस्यद्वय यामलाल कककडेल, गोरखबहादुर बोगटी, पोलिटव्यूरो सदस्य मोहन बानियां, भैरवसुनेदर श्रेष्ठ लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य, धर्मराज रेग्मी, नगिन्द्र शाही, चन्द्रबहादुर विक, मोहनमाया ढकाल रहेका छन् ।