☰ open Loading... 22 December 2024|  

पत्रकार सुनारलाई ज्यान मार्ने धम्की
पश्चिम नेपाल   | १२ आश्विन २०८०, शुक्रबार १२:४३

हिमालय टेलिभिजन दैलेखका प्रतिनिधि कृष्ण बहादुर सुनार (दैलेखी) लाई ज्यान मार्ने धम्की आएको छ । नारायण नगरपालिका–११ वडा कार्यलयमा कार्यरत कर्मचारीले अतीविपन्न महिलाहरुले वडा कार्यालयको सिफारिस माग्दा नदिएको विषयमा समाचार लेखेको भन्दै कर्मचारीका आफन्तले ज्यान मार्ने धम्की दिएका हुन् ।
ज्यान मार्ने धम्की दिएको अडियो पत्रकार दैलेखीले सार्वजनिक गरेका छन् । नारायण नगरपालिका –११ का स्थानीय महिलाहरुको आफुले सिपमुलक कार्यक्रममा सहभागी हुनका लागि वडा कार्यालयले सिफारिस मागेको र वडामा कार्यरत कर्मचारीले सिफारिस नदिएको विषयमा समाचार लेखेको भन्दै आफुमाथि ज्यान मार्ने धम्की दिएको पत्रकार दैलेखीले बताए । उनले वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक खगेन्द्र बिष्टले सिफारिस दिन आलटाल गरेको र सिफारिस नदिएपछि पत्रकार दैलेखीले निवेदन माग्दा नदिने कर्मचारीका बिरुद्धमा पश्चिमनेपाल डटकममा समाचार प्रकाशित गरेका थिए ।

सिफारिस नदिएको समाचार लेखेको भन्दै पत्रकार दैलेखीलाई ज्यान मार्ने धम्की दिदै आफु कर्णाली प्रदेशको डन भएको बताउँदै ती ब्यक्तिले जहाँ पायो त्यही हात खुट्टा भाँच्ने र मार्ने धम्की दिएका पीडित पत्रकार दैलेखीले बताए ।
ज्यान मार्ने धम्की दिएपछि पत्रकार दैलेखीले आफ्नो ज्यानको सुरक्षाका लागी जिल्ला प्रहरी कार्यालय दैलेखमा अडियोसहित फोन नम्बर खुलाएर उजुरी दिने तयारी गरेको बताए ।