☰ open Loading... 22 December 2024|  

एमाले कर्णालीमा पनि जुटेन सहमति, भोलि चुनाव
पश्चिम नेपाल   | १२ आश्विन २०८०, शुक्रबार १५:५९

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरुबीच सहमति नजुटेपछि मतदान प्रक्रिया सुरु गरिएको हो ।

निर्वाचन तालिकाअनुसार आज १२ गते ३ बजे मतदाताको नामावली प्रकाशन, ३ः०० बजेदेखि ३ः३० सम्म मतदाता नामावलीमाथि दाबी बिरोध, ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन, ४ः३० देखि ६ः३० दरखास्त फारम भर्ने समय तोकिएको छ ।

त्यसैगरि ६ः३० बजे दर्ता भएका उम्मेरदवारको नामावली प्रकाशन, ७ः३० र ८ः४५ सम्म उम्मेरदवारमाथि उजुरी गर्ने समय निर्धारण गरिएको छ ।

९ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।

यसैगरी रागि ९ः३० देखि बिहान ८ः०० बजेसम्म उम्मेरदारी फिर्ता, ९ः३० बजे उम्मेरदवारको अन्तिम नामावली प्रकाशन र १२ः३० बजे जेखि बेलुका ६ बजेसम्म मतदान गर्ने तालिका प्रकाशन भएको प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद खनालले जानकारी दिए ।

१३५ जनाको प्रदेश कमिटी बन्ने

कर्णाली प्रदेश अधिवेशनले निर्वाचित गर्ने पदाधिकारी र सदस्स्यको निर्वाचन क्लष्टर सार्वजनिक गरेको छ ।

निर्वाचन क्लष्टरमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ जना गरेर ५ पदाधिकारी र १२५ सदस्यको क्लष्टर तय गरेको छ ।

१३५ सदस्यीय प्रदेश कमिटिमा ५ सदस्यको सिट जगेडा राखिएको छ ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको क्लष्टरमा २ पुरुष १ महिला गरेर ७२, दलित ९ पुरुष ६ महिला गरेर १५ जना तोकिएको छ । १५ दलितमा ४० वर्षमुनिका ३ पुरुष १ महिला तोकिएको छ ।

त्यसैगरी जनजातितर्फ ५ पुरुष ३ महिला गरेर ८ जना जसमा ४० वर्षमुनिका १ पुरुष १ महिला तोकिएको छ । खुल्लामा १९ पुरुष १० महिला गरी २९ जनामा ४० वर्ष मुनिका ४ पुरनष २ महिला ताकिएको छ ।

एमाले कर्णालीले अल्पसंख्यकतर्फ १ जना सदस्य गरेर १३० जनाको निर्वाचन क्लष्टर सार्वजनिक गरेको प्रमुख निर्वाचन अधिकृत खनालले बताए ।