पश्चिम नेपाल | १३ आश्विन २०८०, शनिबार २१:१२
नेपाल आयल निगमले खाना पकाउने ग्यासको भाउमा भारी वृद्धि गरेको छ ।
इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट मूल्य बढेर आए पछि ग्यास सहित डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको निगमले जनाएको छ ।
निगमले खाना पकाउने ग्यास सिलिन्डरमा २ सय १५ रुपैयाँ मूल्य बढाएको छ । अब ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुगेको छ ।
त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ, पेट्रोलको प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ८ रुपैयाँ बढाएको हो । अब डिजेल र मट्टितेल लिटरको १ सय ७९ रुपैयाँ, पेट्रोल १ सय ८५, हवाई इन्धनको १ सय ४४ कायम भएको छ ।
बढेको मूल्य आइतबारबाट नै कार्यान्वयनमा आउने छ । आइओसीबाट नयाँ खरिद मूल्य बढेर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढाएको निगमले जनाएको छ ।