☰ open Loading... 15 September 2025|  

कलाकार कल्याणकारी कोष स्थापना
यामराज बिष्ट   | १४ आश्विन २०८०, आईतवार ०५:५९

 

दैलेख- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ । प्रतिष्ठानले५औं साधरणसभाको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापना गरेको हो ।

कलाकारहरुको जीवन अप्ठ्यारो परिस्थितिमा साहाराको रूपमा उभ्याउनका लागि कलाकार कल्याणकारी कोष स्थापना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशका अध्यक्ष हरिमाया कार्कीले बताइन् ।कलाकार कल्याणकारी कोषमा २लाख२० हजार रुपैयाँ रुपैयाँ पुगेको उनले जानकारी दिइन् ।

कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति कर्णालीको पाँचौं वार्षिक साधारणसभा बोल्दै प्रतिष्ठानका सल्लाहकार टिकाराम चपाईले अब यस्ले ठूलो आकार लिने बिश्वास व्यत्त गर्दै उनले यसका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए ।कलाकार कल्याणकारी कोषमा स्थापना भएसंगै भविष्यका लागि कलाकारका लागि कोष लाभदायक बन्ने उनको भनाई छ ।कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।