सुर्खेतमा जारी नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदान ६ सय ९ मत खसेको छ । कुल ६ सय १६ मतदातामध्ये ६०९ मत खसेको निर्वाचन समितिका सदस्य रामबाबु विसीले जानकारी दिए ।
‘मतगणना सकियो, कुल मतदातामध्ये ६०९ मत खसेको छ’ उनले भने, ‘मत गणना भोलि ८ बजेदेखि सुरु हुन्छ ।
प्रदेश अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा तीन/तीन जना र सचिवमा दुई जना उम्मेदवार छन् ।
अध्यक्षमा कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलावजंग शाह र कालिकोटकै प्रकाश रोकायाबीच प्रतिस्पर्धी छन् भने सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार छन् ।
यसअघि अध्यक्ष पदका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका थिए भने सचिवमा उम्मेदवारी दिएका डण्डीप्रसाद शर्माले रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
एमाले कर्णाली प्रदेश कमिटीमा पदाधिकारी बाहेकका पद पदमा पनि मतदान भइरहेको छ । अधिवेशनले पाँच जना पदाधिकारीसहित १ सय ३५ जना कमिटीमध्ये ४४ जना सदस्य निर्विराेध निर्वाचित भइसकेका छन् ।