पश्चिम नेपाल | १५ आश्विन २०८०, सोमबार ०५:२९
सुर्खेत ।वीरेन्द्रनगरको फोरलेन सडक खण्डमा पाँच वर्षीय बालकलाई ठक्कर दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना लगत्तै वीरेन्द्रनगर उपत्यका छाडेका ति व्यक्तिलाई प्रहरीको विशेष अनुसन्धान टोलीले पूर्वी सुर्खेतबाट पक्राउ गरेको हो ।
उनी गुर्भाकोट नगरपालिका–१४ भर्लेनीका अर्जुन पुन रहेको प्रहरीको भनाई छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले पुनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।
उनले चलाएको प्रदेश ३०२००२ प ९२०३ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । गोकुल कटेज नजिकै दैलेखका पाँच वर्षीय बालक टेकदर्शन पुरीलाई शनिवार विहान ८ बजे मोटरसाइकलले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको थियो ।