पश्चिम नेपाल | १५ आश्विन २०८०, सोमबार ०६:३९
दोलखाबाट प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ। बिगु गाउँपालिका–१, लामाबगरबाट ४ किलो सुन बरामद भएको हो।
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आइतवार सुराकीको आधारमा ४ किलो पहेँलो पदार्थ नियन्त्रणमा लिइएको बताए।
उनले सुन नै हो भनेर पुष्टि गर्न जाँच गर्न बाँकी रहेको भन्दै थप जानकारी पुष्टि भएपछि दिइने बताए।
प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो। योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको पनि उनले बताए।
हालसम्म सुन तस्करी काण्डमा ७ जनालाई नियन्त्रणमा लिइएको पनि उनले जानकारी दिए।