☰ open Loading... 20 September 2024|  

एमाले कर्णाली मतगणना सुरु
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार ११:५८

नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि केही घण्टा ढिलोगरी मतगणना गर्न थालिएको हो ।

एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो । कुल ६१६ मतदाता मध्ये ६०९ मतदाताले मतदान गरेको अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले प्रतिस्पर्धा गरेका छन् ।