☰ open Loading... 19 September 2024|  

पुरुष क्रिकेटमा नेपाल र भारत खेल्ने
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार १२:१९

काठमाडाैँ । एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइलमा नेपालले भारतसँग खेल्ने भएको छ । सोमबार भएको ड्रबाट नेपालले भारतसँग खेल्ने तय भएको हो ।
नेपाल र भारतको खेल नेपाली समयअनुसार मंगलबार विहान ६ः४५ मा हुनेछ ।

नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराउँदै क्वाटर फाइनल प्रवेश गरेको थियो । भारतसहित श्रीलंका, बंगलादेश र श्रीलंकाले भने सोझै क्वाटरफाइनलमा स्थान बनाएका हुन् । नेपालसहित हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका थिए ।

क्वाटरफाइनलमा मङ्गलबार नै पाकिस्तान र हङकङ मंगलबार नै खेल्नेछन् । यस्तै श्रीलंका र अफगानिस्तान तथा मलेसिया बंगलादेशले बुधबार खेल्नेछन् ।