☰ open Loading... 19 September 2024|  

काठमाडाैंबाट आएका दुई जहाज बाटोबाटै फर्किए
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार १३:०६

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपकरणमा समस्या आएपछि काठमाडाैंबाट पोखराका लागि उडान भरेका दुई विमान पोखरामा अवतरण नगरी पुनः काडमाडौं फर्किएका छन् ।

सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडान भरेका यती र श्री एयरलाइन्सको विमान पोखरा विमानस्थलमा आएको प्राविधिक समस्याको कारण विमानस्थल आइपुग्नै लाग्दा बाटोबाटै काठमाडौं फर्किएका हुन् ।

विमानस्थलकी प्रवक्ता जशाेदा सुवेदीले आफूलाई यसबारेमा केही जानकारी नभएको बताइन् । ‘मैले सामाजिक सञ्जालमा हेरेर थाहा पाएकी हुँ । टावरले मलाई केही खबर गरेको छैन । उपकरणले काम नगरेर हाेइन होला, मौसमका कारण होला,’ उनको जवाफ थियो, ‘तैपनि टेलिफोन लाइनमा समस्या आएको भन्ने सुनेकी हुँ ।’ हाल सो समस्या समाधान भइसकेको उनले जानकारी दिइन् ।